<!DOCTYPE html>
<html lang="en">

<head>
    <meta charset="UTF-8">
    <meta name="viewport" content="width=device-width, initial-scale=1.0">
    <title>राजेश शाक्य - प्रतिनिधि सभा सदस्य उम्मेद्वार, काठमाडाैं, क्षेत्र नं. ८</title>
    <link rel="stylesheet" href="https://cdnjs.cloudflare.com/ajax/libs/font-awesome/6.4.0/css/all.min.css">
    <link rel="preconnect" href="https://fonts.googleapis.com">
    <link rel="preconnect" href="https://fonts.gstatic.com" crossorigin>
    <link
        href="https://fonts.googleapis.com/css2?family=Noto+Sans:ital,wght@0,400;0,600;0,700;1,400&family=Poppins:wght@400;500;600;700&display=swap"
        rel="stylesheet">
    <link rel="stylesheet" href="assets/css/style.css">
</head>

<body>
    <!-- Header -->
    <header>
        <div class="container header-container">
            <div class="logo-container">
                <!-- UML Logo -->
                <img src="assets/images/logo.png" alt="Logo">
                <div class="logo-text">
                    <h3>राजेश शाक्य</h3>
                    <p>नेपाल कम्युनिष्ट पार्टी (एमाले), काठमाडौं-८</p>
                </div>
            </div>

            <button class="mobile-menu-btn" id="mobileMenuBtn">
                <i class="fas fa-bars"></i>
            </button>

            <div class="action-buttons" id="actionButtons">
                <a href="index.php" class="btn btn-outline" data-page="manifesto">जीवनी</a>
                <a href="manifesto.php" class="btn btn-outline" data-page="manifesto">घोषणापत्र</a>
                <a href="https://docs.google.com/forms/d/e/1FAIpQLSd-NTFe7t-5LcylvwszTv17X_26GJVp-p1MLBXMlJYhsdD-nw/viewform?usp=header"
                    target="_blank" class="btn">सुझाव</a>
                <a href="#" class="btn" id="donationBtn">सहयोग</a>
            </div>
        </div>
    </header>

    <!-- Main Content -->
    <main class="main-content">
        <!-- Biography Page (Default/Home) -->
        <section id="biography" class="page-content active">
            <div class="container">
                <div class="candidate-header">
                    <div class="candidate-photo">
                        <!-- Random Candidate image -->
                        
                        <div class="candidate-photo">
                            <img id="profileImage" src="assets/images/profile1.png" alt="Rajesh Shakya"
                                onerror="this.src='assets/images/profile1.png'">
                        </div>
                    </div>

                    <div class="candidate-intro">
                        <h1>राजेश शाक्य</h1>
                        <h3>प्रतिनिधि सभा सदस्य उम्मेद्वार, काठमाडाैं, क्षेत्र नं. ८</h3>
                        <p>नेपाल कम्युनिष्ट पार्टी (एमाले) का एक समर्पित र जनताको आवाज उठाउने नेता। विगत १५ वर्षदेखि
                            स्थानीय विकास, युवा उद्यमिता र शिक्षाका क्षेत्रमा काम गर्दै आएका।</p>
                        <a href="manifesto.php" class="election-badge">घोषणापत्र हेर्नुहोस्</a>
                        <a href="#biosection" class="election-badge">अघिल्लो कार्यकालमा सम्पन्न कार्यहरु</a>

                    </div>
                </div>

                <!-- Biography Content from DOCX -->
                <div class="bio-section">
                    <h2>जन्म तथा बाल्यकाल</h2>

                    <!-- Native Audio Controls with Custom Styling -->
                    <div class="custom-audio-container">
                        <audio controls controlsList="nodownload" id="biographyAudio" preload="metadata">
                            <source src="assets/audio/RS-jiwani-01.mp3" type="audio/mpeg">
                            तपाईंको ब्राउजरले audio element सपोर्ट गर्दैन।
                        </audio>
                    </div>

                    <div class="bio-content">
                        <p>वि.सं. २०२४ असार ८ गते काठमाडौं महानगरपालिका वडा नं. १९ स्थित चस्वाँद्व, मरुहिति टोलमा राजेश
                            शाक्यको जन्म भएको थियो। पिता धर्मरत्न शाक्य र आमा धर्मदेवी शाक्यको माहिला छोराको रुपमा
                            उहाँको जन्म भएको थियो।</p>
                        <p>पब्लिक युथ क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातक गर्नुभएका शाक्यले जापानी भाषामा पनि स्नातक
                            गर्नुभएको छ। विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय शाक्यले राजनीति जनताको सेवा गर्ने माध्यम
                            मात्रै हो भन्ने मान्यता राख्नुहुन्छ।</p>
                        <p>समाजसेवामा मात्रै होइन उहाँ नेपाल भाषा र हाम्रो संस्कृति संरक्षण तथा अन्य सामाजिक सेवाको
                            क्षेत्रमा पनि क्रियाशील व्यक्तित्व हुनुहुन्छ। आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा
                            सदस्यको निर्वाचनमा नेकपा एमालेका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं. ८ को उम्मेदवार
                            बन्नुभएको छ।</p>
                    </div>
                </div>

                <div class="bio-section">
                    <h2>राजनीतिक जीवन</h2>
                    <div class="custom-audio-container">
                        <audio controls controlsList="nodownload" id="biographyAudio" preload="metadata">
                            <source src="assets/audio/RS-rajniti-jiwan.mp3" type="audio/mpeg">
                            तपाईंको ब्राउजरले audio element सपोर्ट गर्दैन।
                        </audio>
                    </div>
                    <div class="bio-content">
                        <p>सानैदेखि मिलनसार, फरासिलो र सहयोगी भावनाका राजेश शाक्यको राजनीतिक यात्रा वि.सं. २०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भई नेपाल विद्यार्थी संघबाट सुरु भएको थियो । क्याम्पसमा अध्ययनकै क्रममा २०४१ सालमा नेविसंघमा आबद्ध भई पञ्चायत विरोधी आन्दोलनमा सक्रिय हुनु भएको थियो ।</p>
                        <p>उहाँले वि.सं. २०४२ सालको सत्याग्रहमा सक्रियतापूर्वक भाग लिनुभएको थियो । त्यस्तै वि.सं. २०४३ सालको पञ्चायती व्यवस्थाबाट गरेको स्थानीय निर्वाचनमा जनपक्षीय उम्मेदवारलाई विजय गराउन स्थानीय चुनाव प्रचार प्रसार समितिको संयोजक भई कार्य गर्नु भएको थियो । वि.सं. २०४६ सालको जनआन्दोलनमा पनि उहाँले सक्रियतापूर्वक भाग लिनु भई वि.सं. २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको विजयको लागि लाग्नु भयो । तर कांग्रेसभित्रको कलहले तत्कालीन नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईलाई महामन्त्री गिरिजाप्रसाद कोइरालाको गुटबाट अन्तर्घात गरी हराउने सम्मको कार्य भएपछि दिक्क भई उहाँले सो पार्टी परित्याग गर्नुभयो ।</p>
                        <p>त्यस समय झण्डै दुई वर्षसम्म स्वतन्त्र बस्नु भएका शाक्यले नेपाल भाषाका कवि दुर्गालाल श्रेष्ठ, डा. महेशमान श्रेष्ठ तथा पवित्र बज्राचार्यहरुको सम्पर्कमा आउनुभयो । साथै उहाँहरुको सल्लाह मुताबिक जनतामाझ भिजेको पार्टी नेकपा (एमाले) संगको सामीप्यता बढाउनु भयो । जननेता मदन भण्डारीबाट पाँचौं महाधिवेशनमा प्रस्तुत जवज अर्थात् जनताको बहुदलीय जनवादबाट आकर्षित भई उहाँले नेकपा एमालेमा सक्रियता देखाउनु भयो । युवा जोश, जाँगर, जुझारुपन, निडरपनाका साथै सबैसित मिल्नसक्ने बानीका कारण नेकपा एमालेमा प्रवेश गरेको तीन वर्ष पछि उहाँले संगठित सदस्यता प्राप्त गर्नुभयो ।</p>
                        <p>जनप्रतिनिधिको हैसियतमा उहाँले १९ वडामा पानी, ढल, सडक इत्यादि विकासनिर्माणका काममा जनतालाई साथ दिनु भयो । साथै न्यायनि्रुपणमा आफ्नो उत्कृष्ट छाप छोड्न सफल हुनु भयो ।</p>
                        <p>जनप्रतिनिधिको हैसियतमा उहाँले १९ वडामा पानी, ढल, सडक इत्यादि विकासनिर्माणका काममा जनतालाई साथ दिनु भयो । साथै न्यायनि्रुपणमा आफ्नो उत्कृष्ट छाप छोड्न सफल हुनु भयो ।</p>
                        <h3>राजनीतिक पदाधिकार र उपलब्धिहरू:</h3>
                        <ul class="political-timeline">
                            <li><strong>वि.सं. २०५४ साल:</strong> प्रजातान्त्रिक युवा संघ का.म.पा. १९ वडाको अध्यक्ष</li>
                            <li><strong>वि.सं. २०५५ साल:</strong> पार्टी कमिटीको अध्यक्ष</li>
                            <li><strong>वि.सं. २०५६ साल:</strong> इलाका कमिटीको सदस्य</li>
                            <li><strong>वि.सं. २०५८ साल:</strong> इलाका कमिटीको उपसचिव</li>
                            <li><strong>वि.सं. २०६२ साल:</strong> इलाका कमिटीको सचिव</li>
                            <li><strong>वि.सं. २०६२/६३:</strong> दोस्रो जनआन्दोलनमा काठमाडौंको बसन्तपुर, मरुहिति,
                                इन्द्रचोक, असन, भोंछे, भिमसेनस्थान तथा भित्री वस्तीमा आन्दोलनको वातावरण तयार गर्न विशेष
                                भूमिका निर्वाह</li>
                            <li><strong>वि.सं. २०६५ साल:</strong> पार्टीको क्षेत्रीय कमिटीको सचिव</li>
                            <li><strong>वि.सं. २०६७ साल:</strong> पार्टीको जिल्ला कमिटी सदस्यमा निर्वाचित</li>
                            <li><strong>वि.सं. २०६८ सालदेखि:</strong> क्षेत्रीय कमिटीको अध्यक्षको रुपमा नेतृत्वदायी
                                भूमिका निभाउँदै राजनीतिक, वैचारिक, सामाजिक परिपक्वता विकास</li>
                            <li><strong>वि.सं. २०७४ साल:</strong> पहिलो प्रदेश सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ८ (१)
                                बाट ने.क.पा. एमालेको तर्फबाट उम्मेदवार भई तत्कालिन प्रदेश नं. ३ र हालको बागमती प्रदेश
                                सभा सदस्यको रुपमा निर्वाचित</li>
                        </ul>

                        <p><strong>प्रदेश सभा सदस्यको हैसियतमा:</strong> बागमती प्रदेश सभा सदस्यको हैसियतमा स्थानिय
                            जनताहरुको सेवा र सुविधाका लागि उल्लेखनीय कार्यहरु गर्नु भएको छ।</p>
                    </div>
                </div>

                <div class="bio-section">
                    <h2>सामाजिक जीवन</h2>
                    <div class="custom-audio-container">
                        <audio controls controlsList="nodownload" id="biographyAudio" preload="metadata">
                            <source src="assets/audio/RS-samajik-jiwan.mp3" type="audio/mpeg">
                            तपाईंको ब्राउजरले audio element सपोर्ट गर्दैन।
                        </audio>
                    </div>
                    <div class="bio-content">
                        <p>राजेश शाक्यले राजनीति बाहेक सामाजिक क्षेत्रमा पनि अलग सक्रिय भूमिका निर्वाह गर्नुभएको छ । उहाँ विभिन्न क्लव, संस्था, खल: वा समूहहरुमा पनि आबद्ध हुनु हुन्छ । शाक्य वि.सं. २०५१ सालमा नेवा: गुथिको केन्द्रीय कोषाध्यक्ष तथा वि.सं. २०५४ सालमा चस्वाँद्व युवा क्लवको सचिव हुनुभयो । यहि समयमा उहाँले सरकारी कामकाजमा नेपालभाषाको प्रयोग गर्ने बारे भएको आन्दोलनमा सक्रियतापूर्वक भाग लिनुभयो ।</p>
                        <p>त्यस्तै वि.सं. २०७० सालमा लाखे आजु जिर्णोद्वार कमिटीको अध्यक्ष भई कार्य गर्नुभयो । उहाँको सक्रियतामा चिकंमुगलस्थित मजिपात लाखेको देवघर (द्यो:छें) तोकिएको समयसीमाभन्दा अगाडि पुन: निर्माण गर्न सफलता प्राप्त गर्नुभयो ।</p>
                        <p>वि.सं. २०६१ सालमा ताहाचल डोलमार्ग उपभोक्ता समितिको सचिव, वि.सं. २०५३ सालमा महाबौद्ध जिर्णोद्वार कमिटीको सहसचिवका साथै गुणकामदेवको समयमा निर्मित भिमसेनस्थान टोलमा बनाएको सुन्धारा मर्मतसम्भार समितिको संयोजक तथा नेवा: ग्वाहलि पुचको अध्यक्ष भई कार्य गर्नु भयो ।</p>
                        <p>उहाँ ताहाचल डोलमार्ग उपभोक्ता समितिको सचिव हुँदा टोलको सडक, ढलका समस्या समाधानका साथै टोलमा सफासुग्घर राख्न विशेष पहल गर्नुभयो । युवा पुस्ता अगाडी नआएसम्म देश विकास हुँदैन भन्ने मान्यताका बिच उहाँले ताहाचलमा डोल मार्गको युवा नेतृत्व विकासमा विशेष पहल गर्नु भएको छ । यसको निमित्त युवाहरुबीच उद्घोषण तालिम जस्ता कार्यक्रम पनि अगाडि ल्याउनुभयो ।</p>
                        <p>महिला दिदीबहिनीहरु पनि घरको चौघेरा नाघी अगाडि बढ्नु पर्छ । केहि न केहि काम गरी आफ्नो अस्तित्व स्थापित गर्नु पर्छ भन्ने उहाँको मान्यता भएकोले महिलाका लागि सीपमूलक तालिम जस्ता कार्यक्रम गर्न पनि विशेष भूमिका खेल्नु भयो । त्यस्तै युवापुस्ताहरुले समाजमा आफ्नो पहिचान कसरी बनाउने भन्ने सवालमा उहाँले युवा केन्द्रित कार्यक्रमहरु ल्याउनु भएको थियो ।</p>
                        <p>उहाँ महाबौद्ध विहार जिर्णोद्वार समितिको सहसचिव हुँदा महाबौद्ध परिसर भित्रको ऐतिहासिक बुद्ध मन्दिरको जिर्णोद्वार गर्न विशेष पहल गर्नु भएको थियो ।</p>
                        <p>यस प्रकार समाजका सबै समुदाय माझ लोकप्रिय नेता शाक्यले गरेको कामको मूल्याकनकै आधारमा यसपटक पनि आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ने.क.पा. एमालेले उहाँलाई काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवार बनाईएको छ । स्पष्टवक्ता, युवा, निडर, मेहनती तथा जनताको सेवामा जस्तोसुकै परिस्थितिमा पनि उपस्थित हुन तत्पर व्यक्ति राजेश शाक्यलाई प्रदेश सभा सदस्यको उम्मेदवारको रुपमा उभ्याएको छ । तसर्थ, सबैले सूर्य चिन्हमा छाप राखी श्री राजेश शाक्यलाई प्रतिनिधि सभा सदस्यमा विजयी गराउनु हुन सम्पूर्ण आमा बुबा, दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक अनुरोध गर्न चाहन्छौं ।</p>
                    </div>
                </div>

                <div class="bio-section" id="biosection">
                    <h2>अघिल्लो कार्यकालमा सम्पन्न गरिएका कार्यहरु</h2>
                    <div class="custom-audio-container">
                        <audio controls controlsList="nodownload" id="biographyAudio" preload="metadata">
                            <source src="assets/audio/RS-aghillo-karyakal.mp3" type="audio/mpeg">
                            तपाईंको ब्राउजरले audio element सपोर्ट गर्दैन।
                        </audio>
                    </div>
                    <div class="bio-content">
                        <p>राजेश शाक्यबाट २०७४ सालको प्रदेश सभाको निर्वाचनका दौरान महाभूकम्पबाट क्षतिग्रस्त धार्मिक,
                            सांस्कृतिक, पुरातात्विक सम्पदाको पुन: निर्माणका साथै जनताको सेवा सुविधाका निमित्त विभिन्न
                            प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। सो अनुसार विश्व सम्पदाभित्र यत्रतत्र क्षतिग्रस्त भइरहेका
                            विभिन्न मठमन्दिर पुन: निर्माण तथा मर्मतसम्भार गर्ने कार्य सम्पन्न भएका छन्। साथै स्कूल,
                            अस्पताल निर्माण, पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेका काष्ठमण्डप, गोपिनाथ मन्दिर, जगन्नाथ
                            मन्दिर, ऐतिहासिक बिहार, मठमन्दिर, यट्खाबहालको पुन निर्माण इत्यादि उहाँकै पहल र नेतृत्वमा
                            सम्पन्न भएका छन्।</p>

                        <p>२०७४ सालको प्रदेश सभाको निर्वाचनमा प्रदेश सभा सदस्यको रुपमा निर्वाचित भए पश्चात काठमाडौं
                            निर्वाचन नं ८ (१) मा गर्नु भएको प्रमुख कार्यहरुको एक संक्षिप्त जानकारी प्रस्तुत गरिएको छ:
                        </p>

                        <h3>प्रमुख कार्यहरु:</h3>

                        <div class="work-achievements">
                            <div class="achievement-card">
                                <h4>पुल निर्माण</h4>
                                <p>का.म.पा. वडा नं. १३ को टंकेश्वर र वडा नं. २० को भिमसेनथान जोड्ने पुल सांगुरो भई बिगत
                                    लामो समयदेखि त्यस क्षेत्रमा आवत जावतमा भई रहेको समस्यालाई समाधान गर्न हाल भएको
                                    पुलसँगै अर्को नयाँ पुल निर्माण गर्न विशेष पहल गरी बिगत चार बर्ष अघि निर्माण शुरु
                                    भएको र हाल अन्तिम चरणका कामहरु भईरहेको छ। निकट भविष्यमा नै सो पुलबाट आवत जावत पनि
                                    शुरु हुने अपेक्षा गरिएको छ। साथै, सो पुलमूनी दुबै तर्फ बिष्णुमती कोरिडोरको थप सडक
                                    खोल्ने कार्य पनि सम्पन्न भई हाल सुचारु भई सकेको छ। यसबाट उक्त क्षेत्रको ट्राफिक
                                    जामको समस्या धेरै हदसम्म समाधान भएको छ।</p>
                            </div>

                            <div class="achievement-card">
                                <h4>नेपाल भाषा र नेपाल संवत</h4>
                                <p>विगत ५ वर्ष भित्र उहाँले नेपाल भाषा र नेपाल संवतलाई प्रदेशको सरकारी कामकाजमा मान्यता
                                    दिलाउन बिशेष भूमिका खेल्नु भएको छ। यद्यपी यसमा थप संघर्ष गर्नु पर्ने आवश्यकता
                                    देखिएको छ र यसका लागि सम्पूर्ण सरोकारवालाहरु एकताबद्ध भई अघि बढ्नु पर्दछ।</p>
                            </div>

                            <div class="achievement-card">
                                <h4>नेपाल लिपि गुथिलाई सहयोग</h4>
                                <p>नेपालको मौलिक रञ्जना लिपिको संरक्षण तथा प्रबर्द्धन गर्न उहाँले बागमती प्रदेश सरकार,
                                    पूर्वाधार विकास कोषबाट नेपाल लिपि गुथि लाई ५० लाखको व्यवस्था गरिदिनु भएको थियो।</p>
                            </div>

                            <div class="achievement-card">
                                <h4>बिष्णुमती लिङ्करोड विकास</h4>
                                <p>का.म.पा. वडा नं. १२, २०, १९ र १८ भएर जाने बिष्णुमती लिङ्करोडमा ढल सहित कालो पत्रे
                                    गर्ने कार्य सम्पन्न र साथै, का.म.पा. वडा नं. १२, २०, १९ र १८ भएर जाने बिष्णुमती
                                    लिङ्करोडको नदी किनारमा तारको जाली सहित हरित उद्यान निर्माण।</p>
                            </div>
                        </div>

                        <p>&nbsp;</p>
                        <h3>सांस्कृतिक संरक्षणका लागि सहयोग प्राप्त संस्थाहरू:</h3>
                        <div class="cultural-organizations">
                            <div class="org-list">
                                <p><strong>क)</strong> रत्नकीर्ति महाविहार (मखं वहाल) पूयता खल:</p>
                                <p><strong>ख)</strong> केशवचन्द्र गुंलाबाजां खल:, इतुम्बहा:</p>
                                <p><strong>ग)</strong> त्या:खल:, ओमबहाल</p>
                                <p><strong>घ)</strong> मानन्धर सनागु खल:, न्हुसा:</p>
                                <p><strong>ङ)</strong> ओमबहा: त्या खल:</p>
                                <p><strong>च)</strong> लाय्कुसा: मानन्धर समाज</p>
                                <p><strong>छ)</strong> दफतर नायखिं बाजाखल:</p>
                                <p><strong>ज)</strong> दैसा:त्या: सना:गु खल:</p>
                                <p><strong>झ)</strong> नास: पुजा बाँसुरी धिमे खल:</p>
                                <p><strong>ञ)</strong> चसान्वो मानन्धर सनागु खल:</p>
                            </div>
                            <div class="org-list">
                                <p><strong>ट)</strong> ताम्राकार गुंला बाजाखल:, पिगंनी, मरु</p>
                                <p><strong>ठ)</strong> भर:छें खल:</p>
                                <p><strong>ड)</strong> किलाघ: सांस्कृतिक पुच:</p>
                                <p><strong>ढ)</strong> भिंद्य: गुथि, कालिमाटी</p>
                                <p><strong>ण)</strong> ताहाननि दापा खल:</p>
                                <p><strong>त)</strong> श्री कंकेश्वरी दापाखल: समाज</p>
                                <p><strong>थ)</strong> बज्रकला कुञ्ज, दमाई टोल</p>
                                <p><strong>द)</strong> श्री कंग: अजिमा सांस्कृतिक पुच:</p>
                                <p><strong>ध)</strong> श्री ककेश्वरी रामायण भजन खल:</p>
                                <p><strong>न)</strong> नेपाल खड्गी सेवा समिति, १९ वडा</p>
                            </div>
                            <div class="org-list">
                                <p><strong>प)</strong> कंकेश्वरी पुजारी समूह</p>
                                <p><strong>फ)</strong> भिंद्य:त्या: य: बहा:</p>
                                <p><strong>ब)</strong> श्री अशोक विनायक गुथि, मरु</p>
                                <p><strong>भ)</strong> लाछिबुंग: भिंद्य:त्वा:</p>
                                <p><strong>म)</strong> सम्पदा संरक्षण समाज नेपाल</p>
                                <p><strong>य)</strong> तब्व:त्वा: सनागु खल:</p>
                                <p><strong>र)</strong> भिंद्य:त्वा: कोतब्य खल:</p>
                                <p><strong>ल)</strong> मानन्धर आगंछें: छें</p>
                                <p><strong>व)</strong> ओमबहाल गुंलाबाज खल:</p>
                                <p><strong>श)</strong> भास्करदेव संस्कृत केशवचन्द्रकृत पारावृत्त, इतुम्बहा:</p>
                            </div>
                        </div>

                        <h3>वडाबाट सम्पन्न कार्यहरू:</h3>

                        <div class="ward-work-section">
                            <div class="ward-work">
                                <h4>कामपा १३ वडाभित्र सम्पन्न भएका कार्यहरू:</h4>
                                <ul class="ward-achievements">
                                    <li>बर्षातको समयमा बाढी आई घरघरमा पानी पसी लामो समय देखि आसपासका बासिन्दाहरुको
                                        निमित्त संधै त्रास बनेको मनमती खोला, बाफलको करिव ७५० मिटर खण्डमा रिटेन्सनवालको
                                        निर्माण सम्पन्न। बाढीको पानी घरघर परने समस्याबाट स्थानिय मुक्त भएको छ।</li>
                                    <li>छाउनी, म्यूजियम पछाडी ४ ईन्चको बोरिङ्ग गरी १३ वडाको पश्चिम भेग क्षेत्रमा
                                        खानेपानी वितरणको व्यवस्था।</li>
                                    <li>छाउनी, म्यूजियम पछाडी योग भवन निर्माण सम्पन्न।</li>
                                    <li>टंकेश्वरमा कभर्ड हल सहित व्याटमिन्टन कोर्ट निर्माण सम्पन्न।</li>
                                    <li>ज्ञानोदय मा.वि., बाफलमा सुविधा सम्पन्न हलको निर्माण, छाउनी, म्यूजियम पछाडी रहेको
                                        पञ्चकन्या मा.वि.मा फर्निचरका साथै आईटी ल्याबको निर्माण।</li>
                                    <li>ईन्द्रजात्रालाई व्यवस्थित रुपले संचालन गर्नको लागि शाक्यको पहलमा ५ करोडको
                                        अक्षयकोष व्यवस्था गरिएको छ। सो लागि संघीय सरकारबाट १.५ करोड, प्रदेश सरकारबाट १
                                        करोड, काठमाडौं महानगरपालिकाबाट २ करोड र गुठि संस्थानबाट ५ लाख अनुदान प्रदान
                                        गरिएको छ।</li>
                                    <li>हनुमानढोका, गद्दी बैठकमा म्यूजियम स्थापनका लागि गृह मन्त्रालयबाट स्विकृति
                                        प्राप्त गरी म्यूजियम संचालनको लागि विशेष पहल।</li>
                                    <li>कालीमाटीको टि.बी. अस्पतालमा आकस्मिक उपचार कक्ष सहित ओ.पि.डी.को लागि ५ कोठे भवन
                                        निर्माण सम्पन्न।</li>
                                    <li>खुसी बही: ताहाचलमा स्वागतद्वारको निर्माण सम्पन्न।</li>
                                    <li>कमर्सियल कोलोनीको गणेश मन्दिरको मर्मत तथा सम्भार।</li>
                                    <li>कालीमाटी देखि टंकेश्वर सडकमा ढल सहित कालो पत्रे गर्ने कार्य सम्पन्न।</li>
                                </ul>
                            </div>

                            <div class="ward-work">
                                <h4>कामपा १९ वडाभित्र सम्पन्न भएका कार्यहरू:</h4>
                                <ul class="ward-achievements">
                                    <li>परम्परागत शैलीमा तेलिया ईट्टा छापी यट्खा बहाल पुननिर्माण कार्य सम्पन्न।</li>
                                    <li>कंकेश्वरीमा बोरिङ्ग गरी अधुरो रहन गएको खानेपानीको ट्याँकि निर्माण सम्पन्न।</li>
                                    <li>प्याफलमा चसान्वो मानन्धर सना:गु खलको त्या: छें निर्माण सम्पन्न।</li>
                                </ul>
                            </div>

                            <div class="ward-work">
                                <h4>कामपा २० वडाभित्र सम्पन्न भएका कार्यहरू:</h4>
                                <ul class="ward-achievements">
                                    <li>काठमाडौँ महानगरको प्रतिक तथा विश्व प्रसिद्ध ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनः
                                        निर्माण सम्पन्न।</li>
                                    <li>तब्व भिंद्य: मानन्धर सना:गु त्वा: छे निर्माण सम्पन्न।</li>
                                    <li>तब्व भिंद्य:त्वाः छें (महर्जन समुदायको) निर्माण सम्पन्न।</li>
                                </ul>
                            </div>

                            <div class="ward-work">
                                <h4>कामपा २३ वडाभित्र सम्पन्न भएका कार्यहरू:</h4>
                                <ul class="ward-achievements">
                                    <li>झोछेंको विद्योदय स्कूलमा आईटी ल्याब निर्माण सम्पन्न।</li>
                                </ul>
                            </div>

                            <div class="ward-work">
                                <h4>कामपा २४ वडाभित्र सम्पन्न भएका कार्यहरू:</h4>
                                <ul class="ward-achievements">
                                    <li>महाभूकम्पबाट क्षतिग्रस्त हनुमान ढोकास्थित श्री जगन्नाथ मन्दिर, गोपीनाथ मन्दिर
                                        तथा कृष्ण मन्दिर पुन: निर्माण सम्पन्न।</li>
                                    <li>इतुम्बहाल भित्र खानेपानीको ट्यांकि निर्माण सम्पन्न र परम्परागत शैलीमा तेलिया
                                        ईट्टा छापी बहाल पुननिर्माण कार्य।</li>
                                    <li>हाल उहाँकै बिशेष पहलमा बागमती प्रदेश सरकार, शहरी विकास तथा भवन विभाग, कुलेश्वरको
                                        वजेटबाट निर्माणाधिन कामपा २४ वडास्थित वसन्तपुरस्थित शिव पार्वती मन्दिरको पुन:
                                        निर्माण कार्य सम्पन्न।</li>
                                </ul>
                            </div>
                        </div>

                        <div class="final-note">
                            <p>यसका अलावा यस निर्वाचन क्षेत्रका जनताको भैपरि आउने हरेक समस्यामा हरदम साथ दिंदै आएको।</p>
                        </div>
                    </div>
                </div>

                <!-- <div class="page-navigation">
                    <a href="#manifesto" class="btn" data-page="manifesto">घोषणापत्र हेर्नुहोस्</a>
                </div> -->
            </div>
        </section>

        <!-- Manifesto Page -->
        <section id="manifesto" class="page-content">
            <div class="container">
                <h2>घोषणापत्र</h2>
                <div class="manifesto-container">
                    <div class="manifesto-item">
                        <div class="manifesto-icon">
                            <i class="fas fa-home"></i>
                        </div>
                        <h3>आवास र बसाईसराई</h3>
                        <p>सबै नागरिकको लागि उचित मूल्यमा आवासको व्यवस्था गर्ने। अनधिकृत बस्तीहरूको विकास र उन्नयन गर्ने।</p>
                    </div>

                    <div class="manifesto-item">
                        <div class="manifesto-icon">
                            <i class="fas fa-graduation-cap"></i>
                        </div>
                        <h3>शिक्षा</h3>
                        <p>गुणस्तरीय शिक्षाको सबैको लागि पहुँच सुनिश्चित गर्ने। स्थानीय विद्यालयहरूको संरचनात्मक विकास गर्ने।</p>
                    </div>

                    <div class="manifesto-item">
                        <div class="manifesto-icon">
                            <i class="fas fa-briefcase-medical"></i>
                        </div>
                        <h3>स्वास्थ्य</h3>
                        <p>सबै नागरिकको लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने। स्थानीय स्वास्थ्य चौकीहरू सुदृढ गर्ने।</p>
                    </div>

                    <div class="manifesto-item">
                        <div class="manifesto-icon">
                            <i class="fas fa-road"></i>
                        </div>
                        <h3>यातायात र सडक</h3>
                        <p>यातायात जाम समस्या समाधान गर्ने। सडक संरचना सुधार गर्दै पदयात्री मार्गहरू विकास गर्ने।</p>
                    </div>

                    <div class="manifesto-item">
                        <div class="manifesto-icon">
                            <i class="fas fa-leaf"></i>
                        </div>
                        <h3>सरसफाइ र हरित विकास</h3>
                        <p>काठमाडौंलाई स्वच्छ र हरियाली युक्त शहर बनाउने। कचरा प्रबन्धनको उचित व्यवस्था गर्ने।</p>
                    </div>

                    <div class="manifesto-item">
                        <div class="manifesto-icon">
                            <i class="fas fa-users"></i>
                        </div>
                        <h3>युवा र रोजगारी</h3>
                        <p>युवाहरूको लागि रोजगारीका अवसर सिर्जना गर्ने। स्थानीय उद्यमितालाई प्रोत्साहन दिने।</p>
                    </div>

                    <div class="manifesto-item">
                        <div class="manifesto-icon">
                            <i class="fas fa-female"></i>
                        </div>
                        <h3>महिला सशक्तिकरण</h3>
                        <p>महिलाहरूको लागि सीप विकास तालिम र रोजगारीका अवसर सिर्जना गर्ने। महिला हिंसा विरुद्ध कडा कारबाही गर्ने।</p>
                    </div>

                    <div class="manifesto-item">
                        <div class="manifesto-icon">
                            <i class="fas fa-landmark"></i>
                        </div>
                        <h3>सांस्कृतिक संरक्षण</h3>
                        <p>नेपाल भाषा, संस्कृति र परम्पराहरूको संरक्षण र प्रवर्द्धन गर्ने। ऐतिहासिक सम्पदाहरूको संरक्षण गर्ने।</p>
                    </div>
                </div>

                <div class="page-navigation">
                    <a href="#biography" class="btn btn-outline" data-page="biography">जीवनीमा फर्कनुहोस्</a>
                </div>
            </div>
        </section>
    </main>

    <!-- Donation QR Code Modal -->
    <div id="donationModal" class="modal">
        <div class="modal-content">
            <h3>सहयोग संकलन</h3>
            <p>तपाईंको सहयोगले राजेश शाक्यको चुनावी अभियानलाई सशक्त पार्न मद्दत गर्छ।</p>

            <div class="qr-code">
                <!-- QR Code Placeholder -->
                <img src="assets/images/rajeshshakya-banijyabank.svg" alt="QR Code with UML Logo" width="200" height="200">
            </div>

            <p><strong>खातावाला को नाम:</strong> RAJESH SHAKYA</p>
            <p><strong>खाता नं:</strong> 1300100031047010</p>
            <p><strong>बैंक:</strong> RASTRIYA BANJIYA BANK</p>

            <button class="close-modal" id="closeModal">बन्द गर्नुहोस्</button>
        </div>
    </div>

    <!-- Footer -->
    <footer>
        <div class="container">
            <div class="copyright">
                <p>&copy; २०८२ राजेश शाक्य चुनावी अभियान। सर्वाधिकार सुरक्षित।</p>
                <p>नेपाल कम्युनिष्ट पार्टी (एमाले), प्रतिनिधि सभा सदस्य उम्मेद्वार, काठमाडाैं, क्षेत्र नं. ८</p>
            </div>
        </div>
    </footer>

    <script src="assets/scripts.js"></script>
</body>

</html>