Nepal News, Literature, Arts, Lifestyle, Interview, Political News, Science, Social, Sports, Economy, Business, Entertainment, Movie, Audio, Vieo

कञ्चनपुरको विमानस्थलमा जहाज ओराल्ने योजना
कञ्चनपुर । पर्यटन तथा नागरिक उडड्यन मन्त्री लोकेन्द्र बिष्टले १५ देखि २० दिनभित्र कञ्चनपुरको विमानस्थलमा जहाज ओराल्ने बताउनुभएको छ ।

सुदूरपश्चिममा रहेका विभिन्न विमानस्थलहरूको अवस्था बुझ्न निस्कनुभएका मन्त्री बिष्टले कञ्चनपुरको मझगाउँ विमानस्थलमा सो कुरा बताउनुभएको हो ।

महाकाली अञ्चलका सबै विमानस्थल एकदेखि डेढ महिनाभित्र सञ्चालनमा ल्याइने विश्वास दिलाउँदै मन्त्री बिष्टले त्यसका लागि तयारी र्भैरहेको बताउनुभयो । विमानस्थलहरू सञ्चालनमा ल्याइनुका साथै सुदुरपश्चिमका पर्यटकीय क्षेत्रहरूको विकासका लागि पनि सरकारले कार्ययोजना बनाएर छिट्टै लागू गर्ने जानकारी दिनुभयो ।

मन्त्री बिष्टले कनिका छरे झै बजेट छरेर केही नहुने बताउँदै मुलुकको समग्र विकासका लागि एकीकृत विकास योजना लागु गर्नुपर्ने बताउनुभयो ।

उहाँले अर्को वर्षसम्म आफू पदमा रहिरहे मझगाउँ विमानस्थलका लागि रु १० करोड बजेट छुट्टयाउने र विमानस्थल कालोपत्रे गर्ने समेत बचनवद्धता प्रकट गर्नुभयो । नागरिक उडड्यन प्राधिकरणका इन्जिनियर र प्राविधिक सहित भ्रमणमा रहेका मन्त्री बिष्टले विमानस्थलको अवलोकन पछि यसलाई छिट्टै सञ्चालनमा ल्याउन सकिने बताउनुभएको थियो ।

टोलीको साथमा रहेकी दार्चुलाकी सभासद् गीता ठगुन्नाले सुदूरपश्चिममा थुप्रै पर्यटकीय क्षेत्र रहेकाले यी क्षेत्र जोड्न र यसको प्रचार–प्रसारका निम्ति समेत हवाई सेवा सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।

मन्त्री बिष्टको टोली बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर विमानस्थलको भ्रमण सकेर महेन्द्रनगर पुगेको हो । अध्ययन भ्रमणमा रहेका मन्त्री बिष्टलाई यहाँका उद्योगी तथा व्यवसायीले पर्यटन क्षेत्रको विकासका साथै सीमा समस्याबारे एक ज्ञापनपत्र बुझाएका थिए ।

त्रास देखाएर रकम असुल्ने पक्राउ
काठमाडौ । विभिन्न डर देखाएर रकम असुल्ने कार्यमा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । राजधानीमा हाउजिङ, मेनपावर, जग्गा प्लटिङ कार्यमा संलग्न व्यक्ति तथा अन्य व्यवसायीलाई धाकधम्की र डर देखाई रकम असुल गर्दै हिड्ने समूहका नाइके सिशन श्रेष्ठसहित उनका चार सहयोगीलाई प्रहरीले पक्राउ गरेको हो ।

भिमाद–३ तनहुँ घर भई काठमाडौँको बसुन्धारा बस्दै आएका सिशनसहित पक्राउ पर्नेहरूमा बुटवल नगरपालिका–५ रुपन्देहीका अनिससिंह थापा, करिया–८ रुपन्देहीका निर्मल थापा, बुटवल नगरपालिका– ५ रुपन्देहीका मदन थापा र काठमाडौँ धापासी–१ घर भएका रमेश तामाङ रहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नाइके श्रेष्ठलाई बा८च २३७९ नम्बरको कागजपत्र नभएको टोयोटा कारसहित पक्राउ गरी केरकार गरेपछि अन्य चार मतियार पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरूबाट ७ थान मोबाइल, इन्भेष्टमेन्ट बैङकको रु दुई लाखको चेक एक थान र सोही बैङ्कको रु. चार लाख लेखिएको चेकसमेत बरामद गरेको जनाएको छ ।

शान्ति र संविधानप्रति एमाओवादी उदासीन : सभापति कोइराला
काठमाडौ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले शान्ति प्रक्रिया कार्यान्वयन र संविधान  लेखनको कामलाई अघि बढाउने कुरामा एमाओवादी अझै इमान्दार नदेखिएको बताउनुभएको छ ।

नेपाली काँग्रेस काठमाडौंद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सभापति कोइरालाले बैठक र वार्तामा मीठा कुरा गरेपनि सहमति लागू गर्न भने एमाओवादी उदासीन हुने गरेको बताउनुभयो ।

“मुखले नयाँ नेपाल बनाउने कुरा गर्ने तर व्यवहारमा भने त्यसलाई लागू गर्न एमाओवादी सधैं पछि हट्ने गर्छ,” सभपति कोइरालाले भत्रुभयो ।

सेना समायोजन गर्ने बेलामा दर्जा र सामूहिक प्रवेशको कुरा अघि बढाएर एमाओवादीले बखेडा झिकेको बताउँदै सभापति कोइरालाले नेपाली सेनाको व्यावसायिकता र उसको मनोबलमा आँच आउने कुरा काँग्रेसलाई मञ्जुर नहुने बताउनुभयो ।

कार्यक्रममा नेका महामन्त्री कृष्णप्रसाद सिटौलाले एमाओवादी अलमलिएको कारण राजनीतिक जटिलता बढेको बताउँदै सात बुँदे सहमति अनुरुप सेना समायोजनको काम हुनुपर्नेमा जोड दिनुभयो ।

केन्द्रीय सदस्य नरहरि आचार्यले लोकतान्त्रिक संविधान बनाउनु आजको प्रमुख काम भएकामा जोड दिदै त्यसको लागि एमाओवादी सक्रिय हुनुपर्ने बताउनुभयो ।

सो कार्यक्रममा राजा महेन्द्रले २०१७ सालमा निर्वाचित सरकार अपदस्थ गरी पञ्चायती व्यवस्था लागू गरेको विरोधमा पहिलो पटक विरोध जुलुस निकाल्ने टंकलाल श्रेष्ठ, उत्तमनारायण श्रेष्ठ, कुन्दन शर्मा र अमृतलाल मुल्मीलाई सम्मान गरिएको थियो । त्यसैगरी नोना कोइराला, जुजुभाइ प्रधान र उद्धवबहादुर प्रधानाङ्गलाई कार्यक्रममा मरणोपरान्त सम्मान गरिएको थियो ।

नेपालको शान्ति प्रक्रियामा अमेरिकाले थप सहयोग गर्ने
काठमाडौ । नेपालका लागि कार्यबाहक अमेरिकी राजदूत प्याट्रिसिया ए माहोनी र शान्ति तथा पुनःनिर्माणमन्त्री सत्या पहाडीबीच शुक्रबार भेटवार्ता भएको छ ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालय सिंहदरबारमा भएको भेटमा कार्यबाहक अमेरिकी राजदूत माहोनीले नेपालको शान्ति प्रक्रिया ठीक ढङ्गले अघि बढिरहेकामा खुशी व्यक्त गर्दै राजनीतिक दलहरूको तत्परतामा शान्ति र संविधानको कामले अझ तीव्रता पाउने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत माहोनीले नेपालको शान्ति प्रक्रियामा संयुक्त राज्य अमेरिकाले सदैव सहयोग गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा अझ थप सहयोग गर्ने बताउनुभयो ।

भेटका क्रममा शान्ति तथा पुनःनिर्माणमन्त्री पहाडीले नेपालको शान्ति प्रक्रियामा अमेरिकाले सकारात्मक सहयोग गरिरहेकोमा धन्यवाद प्रकट गर्दै नेपालमा शान्ति प्रक्रियाका काम तीव्ररूपमा अघि बढिरहेको बताउनुभयो ।

शान्ति प्रक्रिया पूरा गर्ने क्रममा आगामी दिनमा पनि अमेरिकाको सहयोग जारी रहनेमा आफू आशावादी रहेको समेत मन्त्री पहाडीले बताउनुभयो । भेटमा युएस एडका मिसन डाइरेक्टर डेभिड सी अट्टबेरीको पनि उपस्थिति थियो ।

भाषाको आधारमा साहित्यकारलाई छुट्याउन नहुने
जनकपुरधाम । साहित्यकारलाई भाषाको आधारमा छुट्याउनु विखण्डनवादी प्रवृत्ति भएको भानु प्रतिष्ठानद्वारा शुक्रबार आयोजित कार्यक्रममा वक्ताहरूले बताए ।

आदिकवि भानुभक्तको आउँदो दुई सयौं जन्मजयन्तीलाई साझा दिवसका रूपमा मनाउनेबारे कार्यक्रममा छलफल भएको थियो ।

कार्यक्रममा सहभागी साहित्यकारहरूले भानुभक्तको रामायण पहाडी संस्कृति नभएको र त्यसमा मिथिला क्षेत्रको वर्णन रहेको चर्चा गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष व्रतराज आचार्यको सभापतित्वमा भएको सो कार्यक्रममा साहित्यकार राजेन्द्र सुवेदी, डा राजेन्द्र विमल, श्याम सुन्दर शाही, शीतल झा, विजय दत्तलगायतका साहित्यकारले तराईका लेखकले भानुभक्तबारे र पहाडका लेखकले विद्यापतिबारे लेख्नु धेरै अर्थ हुन्छ भत्रे धारणा प्रकट गर्नुभएको थियो ।

एनआरएनको भावना बुझ्छु : राष्ट्रपति डा. यादव
राष्ट्रपति डा. रामवरण यादवले गैरआवासीय नेपालीहरुको भावना बुझ्ने बताउनुभएको छ । नागरिकतासम्बन्धी विषयलाई लिएर राष्ट्रपति भवन शितल निवास पुगेको गैरआवासीय नेपालीहरुको टोलीलाई राष्ट्रपति डा. यादवले उक्त कुरा बताउनुभएको हो । संविधान निर्माण प्रकृया अन्तिम चरणमा पुगेका बेला गैरआवासीय नेपाली संघका उच्चस्तरीय टोली एक पटकको नेपाली संधैंको नेपाली हुन पाउँ भन्दै राजनीति दलका शीर्ष नेतृत्वसँग भेट्ने तथा सरोकारवालाहरुसँग लविङ गर्न यतिबेला काठमाडौंमा छ ।

टोलीले बिहान नेपाली कांगे्रसका उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेलसँग भेट गरेको थियो । भेटमा नेता पौडेल गैरआवासीय नेपालीहरुले नागरिकतासम्बन्धी राखेको मागप्रति सकरात्मक रहेको एनआरएन प्रवक्ता डा. हेमराज शर्माले बताउनुभयो । नागरिकतासम्बन्धी गैरआवासीय नेपालीले खोजेको नागरिकता कस्तो हो कागजी रुपमा प्रस्तुत गर्न नेता पौडेलले टोलीलाई नेतृत्व गरिरहनुभएका एनआरएन अध्यक्ष जीवा लामिछानेसँग आग्रह गर्नुभएको थियो ।

त्यसपछि टोलीले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेको थियो ।

गैरआवासीय नेपालीको मर्म आपूmले बुझेको बताउनुभयो । एनआरएको मागप्रति आफू जहिले पनि सकरात्मक भएको मन्त्री श्रेष्ठले बताउनुभयो ।

मध्यान्न १२ बजे एनआरएन टोली अमृत साइन्स कलेजमा पुगेको छ । प्रवक्ता डा. शर्माले दिएको जानकारीअनुसार उक्त कलेजलाई एनआरएनले उपलब्ध गराएको झण्डै २५ लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरियो ।

टोलीले प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांगे्रस सभापति सुशील कोइरालासँग भेट तयारी गरेको प्रवक्ता डा. शर्माले बताउनुभयो ।

एक सयभन्दा बढी कानुन व्यवसायी पक्राउ
काठमाडौ। समयमै संविधान लेखन र शान्तिप्रक्रिया टुङ्गिनुपर्ने माग गर्दै शुक्रबार प्रदर्शनमा उत्रिएका एक सयभन्दा बढी कानुन व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल बार एसोसियसनको आयोजनामा गरिएको विरोध प्रदर्शनका क्रममा कानुन व्यवसायीलाई निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले बारका अध्यक्ष प्रेमबहादुर खड्का, उपाध्यक्ष सुरेन्द्रकुमार महतो, महासचिव विजयप्रसाद मिश्रलगायत एक सयभन्दा बढी कानुन व्यवसायीलाई पक्राउ गरी सिंहदरवार र नयाँ बानेश्वर प्रहरी वृत्तमा राखेको महासचिव मिश्रले जानकारी दिनुभयो ।

कानुन व्यवसायीले व्यङ्ग्यात्मक प्लेकार्डसहित निषेधित क्षेत्र तोकिएको सर्वोच्च अदालत हुँदै भद्रकाली, शहिदगेट, नयाँसडक हुँदै रत्नपार्कमा पुगेर समापन गर्ने कार्यक्रम तय गरेका थिए ।

यसैबीच बारका कोषाध्यक्ष युवराजकुमार भण्डारीले एक विज्ञप्ति प्रकाशित गर्दै शान्तिपूर्ण जुलुसबाट प्रहरीले बल प्रयोग गरी पाँच सय कानुन व्यवसायीलाई पक्राउ गरेको जानकारी दिनुभएको छ । उहाँले विज्ञप्ति मार्फत  पक्राउ गरिएका सबैलाई स–सम्मान रिहा गर्न माग पनि गर्नुभएको छ ।

त्यस्तै नेपाली काँग्रेसका पार्टी कार्यालयका मुख्य सचिव वसन्त कुमार गौतमले एक विज्ञप्ति प्रकाशित गरी कानुन व्यवसायीको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकोमा भत्र्सना गर्नुभएको छ ।

यसैबीच मानवअधिकार तथा शान्ति समाजका सभापति होमकान्त चौलागार्इंले पनि एक विज्ञप्ती प्रकाशित गरी पक्राउ परेका कानुन व्यवसायीलाई तत्काल रिहा गर्न माग गर्नुभएको छ ।

सेना समायोजनको काम अन्तिम चरणमा : प्रधानमन्त्री भट्टराई
दोलखा। प्रधानमन्त्री डा बाबुराम भट्टराईले सेना समायोजन प्रक्रिया अन्तिम चरणमा रहेको र अबको केही दिनमै यो प्रक्रियाले पूर्णता पाउने बताउनुभएको छ ।

‘प्रमुख तीन दलको बैठकमा शान्ति प्रक्रियाका विषयमा गम्भीर ढङ्गले छलफल भइरहेको छ’, दोलखाको जुँगु गाविसस्थित निलकण्ठेश्वर उच्च माविको स्वर्णमहोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री डा भट्टराईले भत्रुभयो – ‘केही दिन भित्रै सेना समायोजनको काम पूरा हुनेछ ।’

प्रधानमन्त्री डा भट्टराईले राजनीतिक दल र नेपाली सेना समेतको सुझावको आधारमा सरकारले सेना समायोजनको कार्ययोजना बनाइरहेको बताउनुभयो ।

आफ्नो नेतृत्वमा सरकार गठन भएपछिको ६ महिनाको अवधिमा शान्ति र संविधान निर्माणको काममा धेरै प्रगति भएको दाबी गर्दै प्रधानमन्त्रीले भत्रुभयो – ‘अवरुद्ध शान्ति प्रक्रियालाई अघि बढाएर माओवादी लडाकुको पुनःवर्गीकरण र ७ हजार ३ सय जनालाई स्वेछिच्क अवकासमा पठाउनु उपलब्धिमूलक कार्य हो ।’

उहाँले समायोजन रोजेका ९ हजार ७ सय माओवादी लडाकुमध्ये ६ हजार ५ सयलाई केही दिनमै नेपाली सेनामा समायोजन गर्ने र बाँकी ३ हजार २ सय जनालाई स–सम्मान बिदाई गर्ने प्रक्रिया अघि बढाउने बताउनुभयो ।

शुक्रबारै बिहान मात्र प्रमुख तीन दलको बैठकमा सहभागि भएर हेलिकोप्टरबाट दोलखा आउनुभएका प्रधानमन्त्री डा भट्टराईले प्रमुख दलहरूको शीर्ष बैठकमा शान्ति, संविधान र राष्ट्रिय सरकार गठनका विषयमा गम्भीर छलफल भइरहेकाले केही दिनमैै निकास निस्कने विश्वास व्यक्त गर्नुभयो ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगको मस्यौदालाई प्रमुख दलहरूबीच सहमति जुटाएर संसदबाट पारित गर्न वर्तमान सरकार लागिपरेको प्रधानमन्त्रीको भनाइ थियो ।

गणतन्त्र, संविधान सभा,  सङ्घीयता, धर्म निरपेक्षता जस्ता महत्वपूर्ण उपलब्धि खोसेर प्रतिगामी शक्तिहरू मुलुकलाई पुरानै स्थितिमा पु¥याउन सक्रिय रहेको भन्दै प्रधानमन्त्री डा भट्टराईले असहमतिका बाबजुद पनि जेठ १४ भित्र शान्ति प्रक्रिया पूरा गरी नयाँ संविधान जारी गर्नुको विकल्प नभएको धारणा प्रकट गर्नुभयो ।

आफ्नै सन्तानले वास्ता गर्दैनन् : ज्येष्ठ नागरिकका पीडा
काठमाडौ । ‘बाह्र छोरा तेह्र नाती बुढाको धोक्रो काँधैमाथि’ भनेझैँ वृद्धावस्थामा आनन्दले धर्मकर्ममा लागेर समय बिताउनुपर्ने उमेरमा ८० नाघिसकेका लालमाया राईका दम्पत्ती भने गिट्टी कुटेर आफ्ना दिनहरु बिताइरहेका छन् ।

आफ्ना अतिरिक्त आवश्यकताहरु पूरा गर्नका लागि सन्तानले वास्ता नगरेपछि यसरी गिट्टी कुटेरै दिन बिताउन थालेको पनि दुई चार वर्ष भइसकेको छ यी जोडीको ।

रामेछाप घर बताउने यी जोडी आफ्ना छोराहरुको आग्रहमा काठमाडौँ आएर बसेको पनि थुप्रै समय भइसकेको थियो तर बस्न र खान बाहेकका अन्य आवश्यकतालाई पूरा गर्नका लागि आफ्ना सन्तानले सहयोग नगर्दा यी जोडीले गिट्टी कुटेर बस्नुपरेको छ ।

‘खान र बस्नबाहेक पनि कहिलेकाहीँ चिया चुरोट खान मन लाग्छ तर के गर्नु छोराछोरीलाई पनि आफ्ना सन्तानको आवश्यकता पूरा गर्दैमा फुर्सद छैन, कहाँ हामी बूढाबूढीलाई वास्ता गरेर बस्छन् ?’– लालमायाले भन्नुभयो ।

आफ्ना श्रीमानले राम्रोसँग कान  नसुन्ने भएकाले पनि समस्या परिरहेको बताउने उहाँ भन्नुहुन्छ— ‘यो उमेरमा उहाँले पनि राम्रोसँग कान सुन्नुहुन्न, उपचारका लागि समेत पैसा छैन, अरू चिजको लागि त कसरी कहाँबाट ल्याउनु पैसा ?’

‘उमेर छउन्जेल आफ्ना सन्तानको हेरचाह र रहनसहनबारे चिन्ता गरियो । उमेर गएपछि छोराछोरीले आफ्नै सन्तानका बारेमा मात्र सोचे, यो बुढेसकालमा हाम्रो लागि सोच्ने फुर्सद कस्लाई छ र ?’ आफ्नो बुढेसकालको एक्लोपना र बेवास्तालाई उहाँले यसरी व्यक्त गर्नुभयो ।

‘मेरा तीन छोरा थिए, जेठाको मृत्यु केही वर्ष पहिले भयो अब बाँकी दुई छोरा छन् तर के गर्नु उनीहरुलाई हामीलाई सन्चो छ छैन, खाए खाएनन् केही पनि सोच्ने फुर्सद छैन’— लालमायाका श्रीमान् पनि भन्नुहुन्छ ।

‘गाउँमा आफ्नै घर र केही जग्गा थियो त्यसैमा खेतीपाती गरेर बसेका थियौँ । छोराहरु सबै यतै भएकाले उनीहरुले हामीलाई पनि यतै बोलाए । तर सहरको जीवन गाउँको जस्तो रहेनछ । उनीहरु असाध्यै व्यस्त हुने हामीलाई हेर्नेसमेत फुर्सद छैन उनीहरुसँग’— दम्पत्तीले आफ्नो पीडा सुनाए ।

इचङ्गुनारायणमा रहेको ढुङ्गाखानीमा गिट्टी कुटेर बस्ने अर्को वृद्ध जोडी हो सन्तमान र माया श्रेष्ठको । छ दशकको  उमेर काटिसकेको यो जोडीले यसरी गिट्टी कुट्न थालेको पनि दशकौँ बितिसकेकोछ ।

गिट्टी कुट्दा कुट्दा आफ्ना हातमा परेका प्वालहरु देखाउँदै उहाँहरुले भन्नुभयो— ‘ल हेर्नुस् यी हातहरु गिट्टी कुट्दा कुट्दा यस्तो भएको हो, अझ हातका नङ त कति झरे कति । तर पनि आफ्नो जीवन धान्नका लागि गिट्टी नकुटी सुख छैन ।’

आफूले गिट्टी कुट्न थाल्दा भर्खरै चक्रपथ निर्माण कार्य सुरु हुन लागेको स्मरण सुनाउँदै सन्तमानले भन्नुभयो– ‘अब त सायद गिट्टी कुट्दा कुट्दै यहीँ नै मरिन्छ होला ।’

उहाँका पनि दुई छोरा र एक छोरी छन् । छोरीको  जात, बिहे गरेर गइहाल्छन् छोराले हेर्ने त हो नि भन्ने सोचिन्थ्यो तर त्यो पनि नहुँदो रहेछ,’ उहाँले भन्नुभयो— ‘यत्रा छोरा भएर के भयो त खै यो बुढेसकालमा पनि गिट्टी नकुटी खान पाइएन त ।’

दिनभर गिट्टी कुटेपनि बेलुकी अर्काको घरमा पाले कामसमेत गर्ने गरेको बताउँदै सन्तमानले भन्नुभयो— ‘यो बुढेसकालमा पनि अर्काका गेटमा पाले बस्ने काम नगरी भएन ।’

‘छोरा र नातिनातिनाले राम्रो मुखले बोले त त्यो पनि ठिकै थियो तर उनीहरु त राम्रोसँग बोल्न समेत मान्दैनन्,’ अँध्यारो अनुहार बनाउँदै उहाँले भन्नुभयो– ‘एउटै घर भए पनि कहिलेकाहीँ सन्चो नहुँदा आएर कस्तो छ भनेर सोधे मात्र पनि त मनमा सन्तोक हुन्थ्यो, तर के गर्नु उनीहरुले कहिल्यै त्यसो गरेनन् ।’

आफ्नो १२ वर्षको उमेरमा नै विवाह भएको स्मरण सुनाउँदै माया भन्नुहुन्छ– ‘सानै उमेरमा विवाह भयो र बच्चा पनि सानै उमेरमा जन्मिए, उनीहरुको लालनपालनमा धेरै समय खर्चियो, आफ्ना भविष्यका लागि केही कमाएर बचत गर्ने समय नै पाइएनन् । तर अहिले सोच्दा लाग्छ भविष्यका लागि केही साँच्नु पर्दोरहेछ नत्र दुःख पाइन्छ ।’

नेपालमा ज्येष्ठ नागरिकलाई पनि दुई प्रकारले परिभाषित गरिने गरिन्छ । ६० देखि ७५ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई वयस्क ज्येष्ठ नागरिक र ७५ वर्ष माथिकालाई वृद्ध ज्येष्ठ नागरिक । आफ्नो व्यक्तिगतलगायत घरायशी काम गर्न सक्नेहरु वयस्क ज्येष्ठ नागरिकमा पर्दछन् भने पूर्ण रुपमा शारीरिक असक्तता भएकाहरु वृद्ध ज्येष्ठ नागरिकअन्तर्गत गर्दछन् ।

नेपाल सहभागीमूलक कार्यसमूह (नेपान) संस्थाको तथ्याङ्कअनुसार नेपालको कुल जनसङ्ख्याको झन्डै सात प्रतिशतभन्दा बढी जनसङ्ख्या ज्येष्ठ नागरिकको छ । यो वार्षिक रुपमा ३ दशमलव ५ प्रतिशतको दरले वृद्धि भइरहेको छ ।

नेपानका अनुसन्धानकर्ता तेज अधिकारीका अनुसार सहरीक्षेत्रका ज्येष्ठ नागरिकहरु आर्थिक रुपमा आत्मनिर्भर देखिएपनि ग्रामीण भेगका ज्येष्ठ नागरिक भने पूर्णरुपमा परिवारमा नै निर्भर देखिएका छन् ।

केही काम गर्न नसक्ने ज्येष्ठ नागरिक घरका सामान्य काम र नातिनातिना हेरेर बस्ने गरेका देखिन्छन् भने आर्थिकरुपमा सवल ज्येष्ठ नागरिक मन्दिर जाने, पाठपूजाजस्ता धार्मिक कार्यमा बढी संलग्न हुने गरेका छन् ।

सामाजिक सुरक्षा भत्ताअन्तर्गत ज्येष्ठ नागरिकलाई सरकारले मासिक रु पाँच सय चौमासिक रुपमा प्रदान गर्दै आइरहेको छ । तर यतिले उनीहरुको आवश्यकता भने पूरा हुन सक्दैन ।

ज्येष्ठ नागरिकलाई हुने मुख्य समस्या  भनेको स्वास्थ्यसम्बन्धी समस्या हो । त्यसैले उनीहरुलाई स्वास्थ्य सेवामा विशेष सुविधा दिने हो भने निकै हदसम्म सहयोग हुने देखिन्छ । यातायातका साधनहरुमा पनि ज्येष्ठ नागरिकलाई सुविधा दिने भनिए पनि त्यो व्यवहारमा लागु भएको देखिँदैन । त्यसैले सम्बन्धित निकायले त्यसमा अनुगमन गर्नु आवश्यक छ ।

यसैगरी उमेरअनुसार शारीरिक रुपमा काम गर्नसक्ने ज्येष्ठ नागरिकहरुलाई केही आय आर्जन हुने खालका विभिन्न कार्यक्रमहरु ल्याउनमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट प्रभावकारी पहल हुनु जरुरी छ । अन्जली रम्तेल

भारत भ्रमणका क्रममा विबादास्पद सहमति भएको छैनः मन्त्रीहरु
काठमाडौ । नेपाल भारत जलस्रोत मन्त्रीस्तरिय बैठक लामो समयदेखिको संवादहीनता तोड्न सफल भएको विभागीय मन्त्रीहरुले दाबी गरेका छन् । साथै उनीहरुले मन्त्रीस्तरीय बैठकमा कुनै विवादास्पद सहमति वा निर्णय नभएको स्पष्ट गरेका छन् ।

व्यवस्थापिका संसदको प्राकृतिक स्रोत साधन समितिमा उर्जा मन्त्री पोष्टबहादुर बोगटी र सिंचाइ मन्त्री महेन्द्र प्रसाद यादवले मनत्री स्तरीय बैठकमा कुनै विवादास्पद निर्णय नभएको बताउनु भएको हो । मन्त्री बोगटीले दुई देशका मन्त्रीहरुको संवादहिनता तोडिएको सन्दर्भमा बैठक हुनु नै उपलव्धी भएको बताउनुभयो । महाकाली सन्धी र पञ्चेश्वर कार्यान्वयनका लागि पञ्चेश्वर विकास प्राधिकरण गठनबारे सामन्य कुरा भएको उहाँले बताउनुभयो ।

महाकाली सन्धि भएको १६ वर्ष बितिसक्दा समेत कार्यान्वय हुने जस्तो नदेखिकोले नयाँ शिरावाट अगाडि बढाउन जरुरी रहेको मन्त्री बोगटीको भनाइ थियो । मन्त्री यादवले पनि देश संक्रमणमा रहेकोले महत्वपूर्ण कुनै महत्वपूर्ण सहमति नभइको बताउनुभयो । यादवले कोशी सम्झौतको पचास वर्षपछि भारत नेपाली किसानको डुबेको मुआब्जा दिन तयार भएको बताउनुभयो ।

बैठकमा सभासदहरुले भने राजनीतिक सहमति नगरी जलस्रोत मन्त्रीस्तरिय बैठकमा सहभागि हुन गएको भन्दै सरकारको आलोचना गरेका थिए । यसैबीच, प्राकृतिक स्रोत साधन समितिले जलविद्युतको लाइसेन्स वितरण गर्दा प्रतिष्पर्धाबाटै गर्न सरकारलाई निर्देशन दिएको छ । विना प्रतिष्पर्धा पहिलो निवेदन दिने व्यक्तिलाई लाइसेन्स दिने गरी नियमावली बनाइएकोप्रति असहमति जनाउँदै समितिले यसबारे तीन दिन भित्र जानकारी पठाउन उर्जा मन्त्रालयलाई निर्देशन दिएको सभापति शान्ता चौधरीले जानकारी दिनुभयो ।